२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

टोमोथेरापी सेवा सुरु भएपछि वीरमा बिरामीको भीड

वीर अस्पतालमा टोमाथेरापी सेवा सुरु भएपछि सेवा लिन आउने बिरामीको भीड लागको छ। अस्पतालको अन्कोलोजी विभागका सेवा लिन आउनेको माघदेखि वैशाखसम्मको पालोको लागि बुकिङ भइसकेको छ। उनीहरू केही निजी अस्पताल  र धेरैजसो सरकारी अस्पतालबाट सेवा लिन आएका हुन्।

बिरामीहरूको बिचमा टोमाथेरापी सेवा क्यान्सरको उपचारमा प्रभावकारी हुन्छ भन्ने सोचाइ र केही क्यान्सरको ट्युमरमा प्रभावकारी उपचार हुने भएकोले सेवा लिन धेरै आएको वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा। विवेक आचार्यले बताए। ‘बिरामीलाई समय व्यवस्थापन गर्नै मुस्किल परेको छ, यस्ता बिरामीलाई धेरै दिन पर्खाउनु पनि मिल्दैन’ उनले भने।

डा.आचार्यका अनुसार केही विशेष ट्युमरहरूमा टोमोथोरापी  उपयोगी हुने कारण विशेष ट्युमरका बिरामी रेफर भएर आएका छन्। ब्रेन ट्युमर र मस्तिष्क, मेरुदण्ड बिचको ट्युमर र पुरै शरीरको ट्युमरको उपचारमा टोमोथेरापी प्रभावकारी मानिन्छ। अन्य क्यान्सरको कोष नष्ट गर्नको लागि टोमोथेरापी आधुनिक उपचार पद्धति भएकोले पनि अन्य अस्पतालहरूबाट वीरमा बिरामी आइरहेको डा। आचार्यले बताए। यो थेरापीले क्यान्सरको कोष मात्र नष्ट गर्ने र राम्रो कोष अत्यन्त कम नष्ट गर्ने भएकोले यो थेरापी प्रभावकारी मानिन्छ।

प्रकाशित: १६ माघ २०८० १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App