८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु

कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा  सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ। 

अस्पतालमा एमआरआई सेवा पहिलो पटक सुरु भएको हो।सिटिसक्यान भने पहिलादेखि नै सञ्चालनमा थियो।पुरानोको सट्टा नयाँ लिएको हो। देशभरिको एक मात्र 

सरकारी बाल अस्पतालमा दैनिक ५ देखि ६ सय जना बहिरङ्ग विभागमा सेवा लिन जान्छन।एमआरआईको अभावमा बिरामी टिचिङ र वीर अस्पताल जानु पर्ने बाध्यता थियो।

ती अस्पतालहरुमा पनि भनेकै बेला पालो नपाउने भएपछि बाध्य भएर निजीमा सेवा लिन जान बाध्य हुन्थे।नयाँ सिटिसक्यान र  एमआरआई को औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रीले मोहन बहादुर बस्नेतले आइतवार गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २० पुस २०८० ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App