२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरमा अक्सिजन र खाद्यान्नको लागि ४ करोड ५० लाख रूपैंया बजेट

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्थ मन्त्रालयले ४ करोड ५० लाख रूपैंया बजेट विनियोजन भएको छ। वीरमा चालु आर्थिक वर्षमा कटौती भएको मसलन्द खर्च तिर्ने गरी विनियोजन भएको वीर अस्पतालले जनाएको हो।

मंगलवार सो बजेट मन्त्रालयको सिलिङमा देखिएको अस्पतालको लेखा शाखाले जनाएको छ। बजेट विनियोजनले अक्सिजन, खाद्यान्न जस्ता अति आवश्यक सामानको उधारो तिर्न र थप दिनहरूको लागि राहत हुने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए। 'अहिलेलाई राहत हुन्छ तर समग्र कटौती भएको बजेटको पूर्ति हुँदैन' उनले भने।

चालु आर्थिक वर्षमा समग्र बजेट कटौती भएपछि अस्पताललाई खाद्यान्न, अक्सिजन, रिएजेन्ट, सफाइ कर्मचारीको तलब, मर्मत खर्च जुटाउन हम्मे परेको छ  अस्पतालको यो हालत जानकारी पाएपछि सोमवार नै अधिवक्ता बिमल पोखरेलले जनताको आधारभूत आवश्यकता हनन गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

प्रकाशित: १७ पुस २०८० १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App