गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।उनलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले निमित्त निर्देशकमा चयन गरेका हुन्।
गत पुस ६ मा पूर्व निर्देशक डा चन्द्रमणि अधिकारीकाे कार्यकाल सकिएपछि मन्त्रालयले डा मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी तोकेको हो।डा मल्ल कार्डियो इन्टरभेसनल विशेषज्ञ हुन्।यो विशेषज्ञ अन्तर्गत कोरीनरी एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवाका विज्ञ मानिन्छ।
प्रकाशित: ११ पुस २०८० १०:०५ बुधबार