१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डाक्टरी उपचारमा राउटेको पनि विश्वास

दैलेखको भैरवी गाउँपालिका- ५ कागेतडामा सारिएको राउटे समुदायको नयाँ बस्ती। आफ्ना सदस्य गुमाएपछि राउटे समुदाय नयाँ ठाउँमा बस्ती सर्ने गर्दछन्। समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएपछि यहाँ नयाँ बस्ती सरिएको हो। यहाँबाट राउटेहरू दैलेखकै दुल्लु र चामु

एलाेपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्। डाक्टरसँग आफूलाई भएको पीडा (रोग) सुनाएर औषधोपचार गर्न थालेका हुन्।

राउटे समुदायमा आफ्नै वैद्यले जडिबुटी प्रयोग गर्ने गर्दथे तर पछिल्ला समय जडिबुटीले निको हुन छाडेकाले राउटेहरू औषधोपचारमा विश्वास गर्न थालेका छन्। जसले गर्दा डाक्टरहरूले बस्तीमै पुगेर स्वास्थ्य जाँच गरी औषधी वितरण गर्ने गरेका छन्।

दैलेखको भैरवी गाउँपालिका- ५ कागेतडामा बसेका राउटेहरूले स्वास्थ्य शिविरमा पुगेर औषधी उपचार गराए। चिसो बढिरहेका बेला विभिन्न रोगले थलिएका राउटेले उपचार गराएका हुन्।

नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय कार्यालयले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा राउटे समुदायका सदस्यले आफूलाई भएको बिरामीसम्बन्धी औषधी उपचार गराएका थिए। सल्लाको दियालो बालेर नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरको शुभारम्भ गरेकी थिइन्।

नेपालका लोपोन्मुख राउटे समुदाय केही वर्षअघिसम्म आफ्नै जडिबुटीका भरमा उपचार गर्दै आए पनि हिजोआज स्वास्थ्य जाँच गर्न थालेका हुन्। स्वास्थ्य शिविरसँगै प्रत्येकलाई न्यानो कपडा, बिस्कुट र फलफूलसमेत वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा राउटे समुदायका १७ महिला र ३९ पुरुष गरी ५६ जनाको स्वास्थ्य जाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो। १ सय ५६ थान जाडोबाट बच्चका लागि न्यानो कपडा (कम्मल) दिइएको थियो।

कार्यक्रममा १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफूलसमेत वितरण गरिएको थियो। विकट स्थानमा रहेको राउटे बस्तीमै पुगेर सेवा भावसहित नेपाल प्रहरी श्रीमती संघले स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, फलफूल वितरण निकै राम्रो काम भएको भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाहीले बताइन्।

मानवीय सेवा प्रदान गर्ने उद्देश्यले दैलेख आएर जंगलमा बस्दै आएका राउटे समुदायमा स्वास्थ्य शिविर तथा न्यानो कपडा, फलफूल वितरणजस्ता कार्यक्रम गरिएको श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताइन्।

‘चिसो मौसममा राउटेहरूको संरक्षणतर्फ सबैको ध्यानकेन्द्रित हुन जरुरी छ,’ अध्यक्ष कुँवरले भनिन्, ‘केटाकेटी, वृद्धवृद्धाको अवस्था चिसोले झन् कमजोर छ। स्थानीय तहदेखि प्रदेश र संघ सरकारले राउटेको हेरचार गर्न जरुरी देखिन्छ।’

जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायमा संघको आयोजनामा भएको स्वास्थ्य शिविर प्रभावकारी भएको संघको कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकालले बताइन्।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) भीमप्रसाद ढकाल, भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाही, एसएसपी सुशीलसिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट डाक्टरहरूको समूहसहित संघको केन्द्रीय समितिका पदाधिकारीको सहभागिता थियो।

त्यस्तै संघले वीरेन्द्रनगरमा रहेको देउती बज्यै मन्दिरमा सरसफाइ कार्यक्रम, मानव सेवा आश्रममा खाना खुवाउने, प्रहरी स्कुलमा शैक्षिक सामग्री वितरण, संघको कर्णाली कार्यालय उद्घाटन र कारागार पुस्तकालयमा किताब हस्तान्तरण कार्यक्रम छ।

प्रकाशित: २९ मंसिर २०८० ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App