२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

२५ देखि ३० हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्दै छौँ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीको दरबन्दी बढाउने प्रक्रियाको थालनी गरेको बताएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित ईर्खु माविको ६४ औँ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा फटाफट काम गर्ने वातावरणको निर्माणमा आफू जुटिरहेको बताए।

२०५४ देखि स्वास्थ्य संस्थामा दरबन्दी बढ्न नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘तत्काल २५ देखि ३० हजार दरबन्दी बढाउने गरी मन्त्रालयले प्रक्रिया थालिसकेको छ।’ समयअनुसार स्वास्थ्यकर्मीको दरबन्दी बढ्न नसक्दा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुर्‍याइरहेको उनको भनाइ छ।

गरिबीका कारण आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने गरी स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको अनुभव मन्त्री बस्नेतले सुनाए।

‘अब पनि पैसा नभएर उपचार नपाइ मर्नुपर्ने अवस्था रहनु लज्जाको विषय हो,’ यसलाई अन्त्य गर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाउँदै उनले भने।

चिकित्सा शिक्षामा सुधारको आवश्यकता औँल्याउँदै बस्नेतले स्वदेशमै पढ्ने वातावरण बनाउने प्रयास भइरहेको बताए।

उनले थपे, ‘चिकित्सा शिक्षा अध्ययनमा अर्बौँ रुपैयाँ विदेशिने गरेको छ। स्वदेशमै पढ्ने वातावरण बनाउन सके यसलाई रोक्न सकिन्छ।’

प्रकाशित: २६ मंसिर २०८० १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App