१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सरकारले सहयोग नगरेको डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा.आचार्यको गुनासो

सरोकारवालाहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। सरोकारवालाहरूले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरूसँग पर्याप्त लबिङ नगरेको र नेतृत्वदायी भुमिका समेत नलिएको गुनासो गरे।

आगामी अक्टोबर ३० देखि दक्षिण पूर्वीएशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ। दक्षिण पूर्वी एसियामा नेपालसहित बङ्गलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन्। आचार्यसँग विगत ३० वर्षदेखि विश्व स्वास्थ्य सुगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गरेको अनुभव छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन। उनीहरुले नेपाल सरकारले डा.आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गरे। अधिकारकर्मी कनकमणि दिक्षितले सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए। उनले पछिल्लो केही समय यता परराष्ट्र मन्त्री नारायणप्रकाश साउद पछाडि हट्न खोजेको हो की ? भन्दै प्रश्न गरे।

जनस्वास्थ्यविद् प्रा.डा.रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन। डा.थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य सङ्गठनमा आवद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वाभाविक रहेको बताइन। उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताउनु भयो।

अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव सङालेका विश्व पराजुलीले विश्व स्वास्थ्य संगठनको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताए। उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशकको महत्त्वपूर्ण भुमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गरे। पराजुलीले आचार्यले जिते दक्षिण पूर्वी एसियाका साथै नेपाललाई पनि फाइदा पुग्ने बताए।

डब्लुएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण–पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । आचार्यसँगै प्रतिस्पर्धामा बङ्गलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छिन्।आचार्य डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्टाटेजी एण्ड सपोर्ट डिपार्टमेण्ट’ को निर्देशक पदमा छन्।

प्रकाशित: २१ आश्विन २०८० १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App