२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज १० सम्म

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी अभियान’ को समय थपिएको छ । असोज ५ सम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० सम्म सञ्चालन हुने भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायतका कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।

‘लगातारको सार्वजनिक बिदाले छात्रा खोप लगाउन आएनन्’, डा. गौतमले भने, ‘त्यही भएर लक्षित किशोरीलाई खोप लगाउन समय थपिएको हो ।’ तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उनको भनाइ थियो ।

डा. गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकोमा अहिलेसम्म ६ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेको उनले जानकारी दिए ।  

कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए । उनका अनुसार सबभन्दा कम प्रसुती अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् ।  

यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन एचपिभी ‘डेमोस्ट्रेसन’ का रूपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र ६ महिनापछि दोस्रो मात्रा दिइनेछ ।रासस

प्रकाशित: ७ आश्विन २०८० ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App