coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा लगाउँदै आएको कर बढाउने तयारी गरेको छ। सूर्तीन्जय पदार्थमा विकसित मुलुकले ७० प्रतिशतभन्दा बढी कर लगाउने गरेकामा नेपालले हाल अत्यन्त कम प्रतिशतमा कर लगाइरहेको भन्दै यी पदार्थमा कर बढाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए हुन्। उनले सुर्तीजन्य करबाट संकलित रकम पनि स्वास्थ्य सेवामै लगानी गर्ने उद्देश्य लिएको बताए। बुधबार स्वास्थ्य पत्रकारहरूसँगको छलफलको क्रममा यस्तो जानकारी दिएका हुन्।

मन्त्री बस्नेतले सुर्तीन्जय पदार्थमा लगाएको करले स्वास्थ्य सेवामा मनग्गे बजेट बढाउन सकिने र क्यान्सर तथा वीर अस्पताल लगायत सरकारी अस्पतालमा लगानी गर्ने उद्देश्य रहेको खुलाए। तर सञ्चारकर्मीले भने सुर्तीजन्य पदार्थ रोकथाम ऐनअनुसार कोषबाट संकलित रकम क्यान्सरको उपचार तथा रोकथाम कार्यक्रममा खर्च गर्न सुझाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा लगाउँदै आएको कर बढाउने तयारी गरेको छ।

सोही क्रममा मन्त्री बस्नेतले युक्रेन युद्ध र कोभिड-१९ को प्रभावले विश्वमा पर्न गएको आर्थिक मन्दी हुँदा नेपालको समग्र बजेटसहित स्वास्थ्य बजेट घटेर आउने जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष ४० प्रतिशत स्वास्थ्य बजेट घट्नेछ। ‘बजेट तयारी अवस्थामा रहेको छ, अब सच्चाउन पनि सकिँदैन,’ उनले भने।

छलफलको क्रममा सञ्चारकर्मीसँग समग्र स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमका लागि सुझाव समेत मागेका बस्नेतले समग्र जनताको स्वास्थ्य सुरक्षा हुने गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। सो क्रममा आयुर्वेद उपचार, सरकारी अस्पतालबाट दिइने सेवालाई चुस्त तथा प्रभावकारी बनाउन पहल गर्ने, स्वास्थ्यमा फाजिल कर्मचारीको व्यवस्थापन गर्ने, विपन्नहरूको स्वास्थ्य उपचारमा नीति तथा कार्यक्रममा सुधार ल्याउने लगायत प्रतिबद्धता जनाए।

पत्रकारहरूले स्वास्थ्य क्षेत्रमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई उपत्यकाबाहिर पठाउने कडा नियम ल्याउन, उपचारको पहुँच आम नागरिकका लागि सुलभ र सहज बनाउन विशेष नीति तथा कार्यक्रम ल्याउन, नसर्ने रोगहरू क्यान्सर, मुटु, मिर्गौला लगायत रोगहरूको परीक्षण तथा जनचेतनामूलक कार्यक्रम ल्याउन, स्वास्थ्य जनशक्ति बढाउन, निजी अस्पतालमा परीक्षण शुल्क नियमन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

छलफलको क्रममा सञ्चारकर्मीसँग समग्र स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमका लागि सुझाव समेत मागेका बस्नेतले समग्र जनताको स्वास्थ्य सुरक्षा हुने गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सञ्चारकर्मीहरूको जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा जनताको पहुँचमा हुने बताउँदै यसमा व्यापक सुधार गर्ने बताए। ‘देशमा २२ सय रूपैयाँ उपचार खर्च नपाएर बाटैमा मृत्युवरण गर्ने नागरिक पनि छन्, उनीहरूका लागि स्वास्थ्य सेवा दिनुपर्छ भन्ने हेतुले काम गर्छु,’ उनले भने।

‘मलाई कुनै दीर्घरोेग छैन’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूलाई कुनै पनि दीर्घरोग नभएको बताएका छन्। उनले बुधवार सञ्चारकर्मीहरूसँगको छलफलमा आफूमा कुनै रोग नभएकाले कुनै ट्याब्लेट खानु नपरेको दाबी गरे। ‘मैैले कुनै पनि दीर्घरोगका लागि कुनै ट्याब्लेट खानु परेको छैन,’ उनले भने।  

उनले आफू र सबै नागरिक स्वस्थ हुनुपर्ने धारणा राख्दै आफ्नो स्वास्थ्यबारे रहस्य खुलाएका हुन्। मन्त्री बस्नेतले आफू तनावमुक्त दैनिकी बिताउने, ठिक समयमा खाना खाने, दैनिक एक घण्टा व्यायम गर्ने गरेको बताए। ‘चिन्ताले चितामा पुर्‍याउँछ, म कुनै पनि चिन्ता लिन्नँ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूलाई कुनै पनि दीर्घरोग नभएको बताएका छन्।

उनले सधैं अर्गानिक खाना खाएकाले आफूलाई ६५ वर्षको उमेरमा पनि नसर्ने तथा दीर्घरोगहरू नलागेको बताए। यो खानपानका लागि उनले आफैं उत्पादन गरेका अर्गानिक तरकारी खाने गरेको, आफैं पालेको गाईको दूध, दही र घिउ खाने गरेको रहस्य बताए। ‘डाक्टरले घिउ खानु हुँदैन भन्थे, म नियमित रूपमा गाइको घिउ खान्छु, पछिल्लो समय विज्ञानले पनि घिउ खान हुने अनुसन्धानवाट पुष्टि गरिसकेको छ,’ उनले भने।

यति मात्र होइन उनले आफूले समयमा खानका लागि ब्याग र गाडीमा समेत खानेकुरा राखेर हिँड्ने गरेको सुनाए। आफैं पालेको कुखुरा तथा खसीको मासु प्रयोग गर्ने गरेको उनले सुनाए।

प्रकाशित: २८ वैशाख २०८० ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App