२८ मंसिर २०८२ आइतबार
image/svg+xml
शिक्षा

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए।

प्रकाशित: २५ असार २०८२ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App