२७ मंसिर २०८२ शनिबार
image/svg+xml
शिक्षा

डा चन्दसहितका विद्यार्थी सम्मानित

त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले टियू अन्तर्गतको आफ्नो विभागबाट विद्यावारिधी उपाधि हासिल गर्ने पहिलो व्यक्ति डा. हरिप्रकाश चन्द र अर्का  शोधार्थी बिनोद खण्ड तिम्सेनासहितका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा आफ्नो क्षमता  प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।  

आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्दै रेक्टर केसीले आफ्ना विद्यार्थीहरुले मेहेनतका साथ हासिल गरेको उपलव्धिप्रति गर्व लागेको बताए ।  

संस्थापक प्रमुख हुदा विभागमा विद्यावारिधीको अध्ययन/अध्यापन सुरु भएको र ५ बर्ष पछि विभागले विद्यावारिधीको जनशक्ती उत्पादन गरेको हो । केसीले अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति केन्द्रीय विभागका विद्यार्थीहरुले सार्वजनिक सेवामा लगातार सफलता प्राप्त  गरेको  बताए ।  

कार्यक्रममा उपस्थित सोही विभागका विद्यावारिधीका शोधार्थी सूचना तथा संचार मन्त्री जगदिश खरेलले प्रा. केसीकै मार्गदर्शन र सल्लाहमा आफुले विद्यावारिधी सुरु गरेको बताए । कार्यक्रममा सम्मानित डा. चन्दले आफू इन्जिनियरिङ्ग पृष्ठभूमिबाट आएर निकै कठोर त्याग, तपस्या, र मेहेनतका साथ प्रा. केसीको प्राज्ञिक मार्गदर्शन, उत्प्रेरणा, र साथबाट विद्यावारिधी पूरा गरेको  बताए।  

सम्मानित अर्का शोधार्थी बिनोद खण्ड तिम्सेनाले गुरुकै मार्गदर्शनमा आफुले विद्यावारिधी पूरा गरेको भन्दै खुशी व्यक्त गरे।  

 

प्रकाशित: २६ मंसिर २०८२ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App