नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै तत्काल छानबिनको माग गरेको छ।
नेविसंघ अध्यक्ष करुणा कटुवालले विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षणबिना हतारमा काम गर्दा हजारौं विद्यार्थीको वास्तविक मूल्यांकन प्रभावित भएको उल्लेख गरिएको छ। पुनर्योग नतिजामा ५ दशमलव ६३ प्रतिशत विद्यार्थीको ग्रेड परिवर्तन भएको र केही उत्तरपुस्तिकामा प्राप्त अंक गलत रूपमा प्रविष्ट भएको दाबी गरिएको छ।
संघले करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका फेला नपरेको भन्दै रोकिएका नतिजा तत्काल सार्वजनिक गर्न, जिम्मेवारमाथि कारबाही गर्न तथा प्रभावित विद्यार्थीका लागि विशेष व्यवस्था गर्न माग गरेको छ।


प्रकाशित: ७ असार २०८३ १३:५७ आइतबार





