राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई बाह्य शक्तिले लडाउने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको भविष्य र सुरक्षाका बारेमा कार्यकर्ताहरूलाई आश्वस्त पारे।
सभापति लामिछानेले रास्वपाको उदय र शक्तिलाई कसैले पनि रोक्न नसक्ने बताउँदै भने, ‘मैले विगतमा पनि भनेको छु र आज फेरि दोहोर्याउँछु, रास्वपालाई लडाउने अरू कसैको तागत छैन। यदि यो पार्टी लड्यो भने आफ्नै खुट्टामा अल्झिएर मात्र लड्छ।’
उनले पार्टीको आन्तरिक एकता र कार्यशैली नै यसको मुख्य शक्ति भएको उल्लेख गर्दै बाह्य प्रहारले पार्टीलाई क्षति पुर्याउन नसक्ने जिकिर गरे।
प्रकाशित: ७ असार २०८३ १८:०८ आइतबार





