राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले चुनाव अघि भएका सबै सहमतिहरू इमान्दारितापूर्वक पालना गर्ने बताएका छन्।
आइतबार पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले चुनाव अघि भएका सबै सहमतिहरू अक्षरशः पालना गर्ने प्रण लिए।
उनले बालेनलाई प्रधानमन्त्री बनाएर उनको खुट्टाका बल दिएको बताए।
‘बालेनजीलाई प्रधानमन्त्री बनाएर बल उहाँको खुट्टामा दिइसकेका छौं। उहाँले भकाभक गोल गर्नुपर्छ’ उनले भने,‘ झुक्किएर बल मेरो खुट्टामा आयो भने म उहाँलाई नै पास दिन्छु।’
प्रकाशित: ७ असार २०८३ १८:०९ आइतबार

