७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

हामीले खोला फर्काएका हौँ: बालेन

रास्वपाका बरिष्ठ नेता बालेन शाहले जनताको भोट हावा जस्तो नभएको बताएका छन् ।  

जनमत अस्थिर हुने र हावाको दिशाजस्तै बदलिने भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै शाहले भने,‘जनताको भोट हावा जस्तो हुन्छ, कहिले यताबाट त कहिले उताबाट चल्छ भनेर चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा उडाएका छैनौं। हामीले बाढी ल्याएर खोला फर्काएका हौं। त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ ।’

उनले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ७ असार २०८३ १८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App