२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल हुनेछन् ।

प्रतियोगितामा ८० भन्दा बढी विद्यालयका करिब ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन ।

कार्यक्रमको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए । यसअघि उदघाटन र्‍याली भएको थियो । र्‍याली नगरको दत्तात्रयबाट सुरु भई सहिद स्मृति खेलमैदानमा पुगी उदघाटन समारोहमा परिणत भएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर- ९ दत्तात्रयबाट सुरू भएको र्‍याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयको अगाडिबाट नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।  

र्‍याली सुरु हुन अगाडि भक्तपुर नगरपालिका-८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु र कार्यपालिका सदस्य सुनिता अवालले स्वागत गरेका थिए ।

र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयहरु, प्रतियोगी खेलाडीहरु, बाँसुरी बाजा, धिमे बाजा, नेपाल स्काउट टोलीलगायतको सहभागिता थियो ।

 

प्रकाशित: २५ मंसिर २०८२ २०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App