२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो बने अनुराग

नेपालका १५ वर्षीय विद्यार्थी अनुराग पंगेनीले २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।  

सन् २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगिता ‘भ्रष्टाचार विरुद्ध टुगेदर’ मा तेस्रो स्थान हासिल गरेकोमा रुसी दूतावासले पंगेनीलाई बधाई दिएको छ । ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिष्पर्धामा नेपालका अनुराग तेस्रो भएका हुन् ।  

अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवद्र्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरू मध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचार विरुद्धको विश्वव्यापी लडाईमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।  

आफूले बनाएको पोस्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा, लोभ र बेइमानीको प्रतिनिधित्व गर्नुका साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्छ भनेर देखाएको बताएका छन् । तर आशाको बारेमा आफ्नो पोष्टरको वास्तविक सन्देश भएको उनले बताएका छन् ।

प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।  

पंगेनीसँगै पाकिस्तानका सदिया जाफर (१४) ले पनि तृतीय स्थान हासिल गरेका हुन् ।  

प्रकाशित: ३० पुस २०८२ २०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App