१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

आजदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने

कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ।  

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका  विद्यालय आइतबारदेखि खुल्ने जनाइएको छ। सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

सोहीअनुरुप  भदौ २७ गतेदेखि हनुमाननर कंकालिनी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्ने निर्णय गरेको छ।कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

 प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा कोभिड–१९ का कारण बन्दाबन्दीले विगत लामो समयदेखि बन्द रहेको विद्यालय भौतिक रुपमा नै उपस्थित भएर विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय भएको जनाइएको छ।

सूचनामा कोभिड– १९ बाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरी कक्षा ४ देखि १२ सम्म भौतिक रुपमा उपस्थित भई कक्षा सञ्चालन गर्ने भएको जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०७८ ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App