८ भाद्र २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

क्याम्पसमा धर्ना दिँदै आंशिक प्राध्यापकहरु। तस्विर : नागरिक

गोरखा क्याम्पसमा आंशिक रुपमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आंशिकबाट करार गर्न माग गर्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाई समितिले तालाबन्दी गरेका समिति उपाध्यक्ष मेनुका सुवेदीले बताईन्।  

गोरखा क्याम्पसमा रहेका २३ जना आंशिक प्राध्यापक उक्त आन्दोलनमा सहभागी छन्। यस अघि धर्ना बसेर आन्दोलन गर्दै आएका आंसिक प्राध्यापकहरुको माग सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको उनले बताईन। सोमबार लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ। लामो समयदेखि आन्दोलन गर्दै आएको र अहिले सम्म माग सुनुवाई नभएको गुनासो आंशिक प्राध्यापकहरुको छ। गत साउन ११ गतेदेखि १६ गते सम्म क्याम्पसमा धर्ना समेत दिएका थिए। समान कामको समान ज्याला दिनुपर्ने माग सहित देशभरका आंगिक क्याम्पसका आंशिक प्राध्यापकहरु  आन्दोलनमा उत्रिएका छन्।  

प्रकाशित: २५ श्रावण २०७७ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App