बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कलेज प्रमुखबीच भएको छलफलमा विश्वविद्यालयले विद्यार्थीबाट उठेको शुल्कबाट विश्वविद्यालयले तत्कालकोलागि दश सुत्रिय सुधारका कार्यक्रम अगाडी सार्दै प्रमुखहरुलाई कार्यभार सम्हाल्न आग्रह गरे पछि प्रमुखहरु शुक्रबारदेखि कार्यभार सम्हाल्ने बताएका छन्।
त्रिविको दश सूत्रीय लक्ष्य अनुसार विद्यार्थीबाट उठाएको शुल्कले शैक्षिक वार्षिक योजना निर्माण र कार्यान्बयनगर्ने , भौतिक पूर्वाधारको सुधार र बृद्धि , बजारमुखी शिक्षामा जोड र गुणस्तरमा सुधार , विधुतिय पुस्तकालय र पुस्तकालयमा सुधार , अन्तराष्ट्रिय स्तर अनुसारको चार वर्षे स्नातक तहको पाठ्यक्रम परिमार्जन र पठापाठन , निश्चित समयमा भर्ना , परीक्षा र परिक्षाफलको प्रकाशन लगाएत योजना रहेका छन्।
'त्रिविविले पदभार सम्हाल्न आग्रह गरे पनि कलेजमा काम गर्ने बातावरण छैन ' रत्नराज्य कलेजका प्रमुख गोपाल प्रसाद पोख्रेलले नागरिकसंग भने ' त्रिविविले शैक्षिक र कलेजमा काम गर्ने वातावरण तयार पारे मात्र राजीनामा फिर्ता लिने छौं। '
त्रिविविको कार्यकारी परिषदले बृद्धि गरेको शुल्क अनुसार स्नातकमा मासिक २ सय ५० र स्नातकोत्तर तहमा ३ सय ५० निर्धारण गरिएको छ।
विश्वविद्यालयले बृद्धि गरिएको शुल्कमा एकरुपता कायम गर्न बिहीबारै मुलुकभरीका आङ्गिक कलेजहरुमा सूचना जारी गरेको छ।
प्रकाशित: ३ भाद्र २०६७ २२:२२ बिहीबार





