२६ पुस २०८२ शनिबार
image/svg+xml
शिक्षा

राजधानीका क्याम्पस प्रमुखहरुद्वारा संयुक्त राजीनामा

काठमाडौँ, भदौ १ (नागरिक)- शिक्षण शुल्कमा एकरुपता नभएको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय अन्तर्गत राजधानीका १० मुख्य क्याम्पसका प्रमुखहरुले आज संयुक्त राजीनामा दिएका छन्। त्रिविविका उपकुलपतिलाई दिइएको राजीनामा पत्रमा एकरुपता कायम नभएसम्म बढेको शुल्क उठाउन असमर्थ भएको बताइएको छ।

  उपत्यकाका अधिकांश क्याम्पसका विद्यार्थी संगठनहरुबाट क्याम्पस प्रमुख कार्यालय र लेखाशाखा तालबन्दी, दैनिक घेराउ र अभद्र व्यवहार सहेर कार्य सञ्चालन गर्न असमर्थ भएकोले क्याम्पस प्रमुख भई कार्य सम्पादन गर्न असहज वातावरण भएकोले राजीनामा दिएको पत्रमा उल्लेख छ।

राजीनामा दिने क्याम्पस प्रमुखहरुमा रत्‍नराज्य क्याम्पसका गोपालचन्द्र पोखरेल, शंकरदेव क्याम्पसका कमलदीप ढकाल, महेन्द्ररत्न क्याम्पसका नेत्रप्रसाद धिताल, नेपाल कमर्स क्याम्पसका दीवाकर पोखरेल, अमृत साइन्स क्याम्पसका नारायण खड्का, पद्मकन्या क्याम्पसकी इरेन श्रेष्ठ, पब्लिक युथ क्याम्पसकी गीता मल्ल, सरस्वती बहुमुखी क्याम्पसकी राज्यलक्ष्मी खड्का, भक्तपुर क्याम्पसका शंकर उपाध्याय र सानो ठिमी क्याम्पसका जगतकृष्ण पोखरेल छन्।

प्रकाशित: ३१ श्रावण २०६७ २३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App