२०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भएको छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक भक्तपुरमा अहिले बसिरहेको छ । बोर्ड बैठकले एसइईको नजिता प्रकाशनको निर्णय गर्ने र सम्भव भएसम्म आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षालगत्तै शिक्षकहरुको आन्दोलनका कारण यो वर्षको नतिजा प्रकाशनमा केही ढिलाई भएको छ ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित: १३ असार २०८२ १८:०९ शुक्रबार





