२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
शिक्षा

लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह: प्रधानमन्त्री ओलीसँगै दुई उपप्रधानमन्त्री पनि सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको  दीक्षान्त समारोहमा भाग लिन आज रुपन्देही जाँदैछन्। विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दिक्षान्त समारोहमा सहभागी हुन कुलपति समेत रहेका ओली लुम्बिनी जान लागेका हुन्। प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल पनि समारोहमा सहभागी हुदैछन्।

विश्वविद्यालयबाट आज विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी  दीक्षित हुने  विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले जानकारी दिए। 

बज्राचार्यका अनुसार स्नाकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन्। स्नाकोत्तर तह उतीर्ण गरेका एक बेलायती नागरिक पनि आजै दीक्षित हुनेछन्।

विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालय सन् २००४ मा स्थापना भएको हो।

प्रकाशित: १४ मंसिर २०८१ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App