१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जापान सरकारले बनाइदिएको छात्रावास यस्तो देखियो

जापान सरकारले ललितपुरको वागमती गाउँपालिकामा रहेको कालीदेवी माध्यमिक विद्यालयलाई छात्राबास निर्माण गरिदिएको छ। अनुदान सहायता कार्यक्रम अन्तर्गत जापान सरकारले छात्राबास बनाइदिएको हो। भर्खरै निर्माण सम्पन्न भएको छात्रावासको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।

नेपालस्थित जापानका राजदूत किकुता युताकाले एक कार्यक्रमकाबीच भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन्।निर्माण गरिएको भवनको लागत साढे २ करोड रूपैयाँ रहेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

छात्राबास बनेसँगै छात्राहरुलाई दिनहुँ टाढाबाट आउनु पर्ने समस्या समाधान हुने विद्यालय प्रशासनले जनाएको छ। पैदल आउन नसक्ने छात्राले अब विद्यालय छोड्नुपर्ने बाध्यता पनि हट्ने बताइएको छ।राजधानीसँग सिमाना जोडिएको जिल्ला भएपनि सो क्षेत्रका बालबालिका विद्यालय आउन घण्टौं हिड्नु पर्ने वाध्यता छ।  

 

प्रकाशित: १० मंसिर २०८१ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App