१५ माघ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

निजी विद्यालयका संगठनहरुको आरोप: जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण

निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।

निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पार्टीको भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धी उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध आइरहेको आरोप लगाए।

हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसंघबीच भएको सम्झौता आफूहरूलाई मान्य नरहेको बताए। आफूहरू उपमहानगरको निर्णय मान्न तयार हुँदाहुँदै पनि उपमहानगरले आफूहरूसँग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गरे।ठाकुरले नेविसंघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान जनकपुरधामबाहेकका सहरमा किन नचलाइएको भन्दै प्रश्न गरे।

मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिस्ट्रेसन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरक फरक निर्णय गर्नु लज्जास्पद रहेको बताए।उनले उपमहानगरले सबै पक्षसँग छलफल गरेर आफ्नै कार्यविधि बनाउनुपर्ने माग समेत गरे।

उपमहानगरले सबै पक्षसँग छलफल गरी बनाएको कार्यविधिलाई टेकेर अगाडी बढ्न हामी तयार रहेको उनको भनाई थियो । तर जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धराशायी बनाउने गरी गरिएको निर्णय आफूहरू मान्न तयार नरहेको उनको भनाई थियो । एनप्याब्सन जनकपुर उपमहानगरपालिकाका इकाईका अध्यक्ष दीपककुमार ठाकुरले समयमा आफूहरूका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए।

यता निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णयअनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजी विद्यालयहरू अनिश्चित कालका लागि ठप्प पार्ने चेतावनी समेत दिएका छन्। निजी विद्यालयका संगठनहरुले पुरानै निर्णयअनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजी विद्यालयहरूमा पठनपाठन अनिश्चित कालका लागि ठप्प पार्ने चेतावनी दिएको हो।

प्रकाशित: २६ कार्तिक २०८१ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App