२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले गर्‍यो विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तु नगरपालिकाले विद्यालय बन्द गरेको छ। कपिलवस्तु नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो।

जिल्लाका अन्य नौ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताएका छन्। कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय तीन दिन बिदा दिइएको बताए।  

जिल्लाका अधिकांश विद्यालय टिनका छानो भएको र विद्युत्समेत अनियमित हुने गरेको छ, जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरु बताउँछन्।

कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र  रामनगरका अनुसार एक सातायता जिल्लाको तापक्रम ४० डिग्री सल्सियस पुगेको छ।

आइतबार सदरमुकाम तौलिहवाका तापक्रम ४१.५ थियो। गर्मीका कारण बालबालिका कक्षा कोठामै निदाउने र अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउँछन्।

प्रकाशित: १४ जेष्ठ २०८१ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App