नयाँबानेश्वरको सङ्गम चोकस्थित काठमाडौं प्रज्ञाकुञ्ज स्कुलद्वारा आयोजित ‘आइजात्रा’ सम्पन्न भएको छ। इन्जिनियर्स विदाउट बोडर्ससमेतको सहकार्यमा दुई दिन सञ्चालित आइजात्रामा विभिन्न संघ, संस्था, १५ भन्दा बढी विद्यालयका प्रतिनिधि, विद्यार्थी र अभिभावकसमेत गरेर तीन हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।
दुई दिन सञ्चालित आइजात्रामा प्रज्ञाकुञ्ज स्कुलका विद्यार्थीहरूको अवधारणामा निर्मित रोबोट, थ्रिडी प्रिन्ट, टिसर्ट प्रिन्ट, विज्ञान शिक्षण सामग्री, फेस पेन्टिङ, नेवारी खाना, शृंगारका स्थानीय उत्पादन, पुस्तक बिक्रीकक्ष र विभिन्न खेलका गरी दर्जन स्टल राखिएका थिए।
विद्यार्थीहरूको नवीन अवधारणा, समस्या पहिचान र समाधानको संयोजन आइजात्रा विलकुलै नवीन, प्रभावकारी र प्रेरक कार्यक्रम रहेको प्रतिक्रिया अवलोकनकर्ताको थियो।
प्रकाशित: ५ पुस २०८० ०२:२२ बिहीबार





