२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

नेपालका १३ जिल्ला पूर्ण साक्षर घोषणा हुनै बाँकी

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।  

‘प्रोमोटिङ लिटेरेसी फर अ वल्र्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ मूल नाराका साथ यो दिवस मनाइँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ।

नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ। पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ। नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।  

सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो। राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ।

प्रकाशित: २२ भाद्र २०८० ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App