अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।
प्रधानमन्त्री सुशीला कार्कीलाई आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटेका छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्कीको कार्यकक्षमा भएको हो।