प्रधानमन्त्री सुशीला कार्कीलाई आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटेका छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्कीको कार्यकक्षमा भएको हो।
भेटका क्रममा आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रिय सभाका गतिविधि लगायतका विषयमा छलफल भएको छ। दाहालले राष्ट्रिय सभाको अधिवेशन समयमै बोलाउन र सुविधा कटौती नगर्न भनेका छन्।
कार्यपालिका र विधानमण्डलबीचको समन्वय आवश्यक रहेको निष्कर्षसहित निर्वाचन तयारी र संसदीय गतिविधि सुचारु गर्न दुवै पक्षले बढाएको सक्रियतालाई महत्वका साथ हेरिएको छ ।
प्रकाशित: १४ पुस २०८२ १७:१९ सोमबार


-600x400.jpg)

-600x400.jpg)
