भयमुक्त भारतको कामना
भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।
भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।
पछिल्लोपटक नेपालमा विभिन्न बहानामा बाघ मार्ने र त्यसलाई ठूलै पुरुषार्थ गरेको ठान्ने परिपाटी विकास भएको छ।
सत्ता–राजनीति खातिर पार्टीभित्र रेशम–रन्जिता दम्पती झगडाले जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। अधिकारप्राप्तिको भोकमाथिको लात हो।
न्याय सम्पादन असन्तुलित हुनुहुन्न। कसैमाथि पनि पक्षपात भयो भने त्यसले न्याय पार्दैन। अनि आफन्त र पराइ भन्ने भावना रह्यो भने त्यसले पनि न्याय दिलाइमा बाधा उत्पन्न हुन्छ।
नेपालमा पछिल्लोपटक अनेकखालका घटनाक्रम विकास भइरहेका देख्न पाइन्छ। जसलाई जे गर्न भनेर स्थापना गरिएको छ वा जे जिम्मेवारी दिइएको छ, त्यसैका लागि पनि निर्देशन दिनुपर्ने भएको छ।
मार्च अर्थात् महिला महिनाको यो उत्सव सकिनै लाग्दा ललितपुरमा गएको शुक्रबार सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ।
विभिन्न विद्यालयले यो परीक्षामा सहभागी हुने आफ्ना विद्यार्थी फूलमाला पहि¥याएर बिदाइ गरेका छन्। यी सबै घटना प्रसंगले पुष्टि गर्छन् कि एसइइ ठूलै घटना हो।
लोकतान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित प्रतिनिधि रहने सर्वोच्च संस्था हो– संसद्। यसको मुख्य काम मुलुकी शासन/प्रशासनका निम्ति आवश्यक कानुन बनाउनु हो।
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्।
सरकारी अस्पतालमा बिरामीको भिड छिचोलिनसक्नु छ तर पालो आउन महिनौँ लाग्छ। यसरी पालो आउन धेरै समय लागेपछि कि बिरामी नै बितिसक्ने सम्भावना हुन्छ कि त उपचारका लागि ल्याएको खर्च सकिएर रोगैसहित जहाँबाट आएको हो उहीँ फर्किनुपर्ने बाध्यता हुन्छ।
जिल्ला प्रशासन कार्यालयहरू र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यति सामान्य कुरामा पनि ध्यान नदिँदा यतिखेर करिब पाँच लाख नेपालीको परिचय नै खल्बलिने क्रममा पुगेको छ।
अहिले फेरि नेतृत्वमा पुष्पकमल दाहाल नै भए पनि सरकारमा बस्नेहरू फेरिएका कारण आफैँ नेतृत्वको अघिल्लो सरकारका बेला बनेको आयोग पुनः खारेज भएको छ। र, अर्को बनाउने सुरसार कसिएको छ।
अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।
त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।
नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई गम्भीरतापूर्वक लिइँदैन। यसो गर्दा हुने लाभ धेरै छन्। एक, राजनीतिक शक्ति प्रयोग गरी अवाञ्छित लाभ लिन सकिन्छ। दुई, यसरी गरिएका कुनै काममा अहिलेसम्म दण्डित पनि हुनु परेको छैन।
नेपालको कानुनले विवाहको उमेर कम्तीमा २० वर्ष राखिदिएकाले यस्तो विवाह गैरकानुनी हो तर पनि व्यवहारमा भने विवाह भइरहेको तथ्यांक स्वयं बताउँछ।
गुल्मीस्थित शान्तिपुरका लक्ष्मीधर गौतम दम्पतीले यस्ता अमान्य सामाजिक विधिविधान परिवर्तन गर्न उदाहरणीय काम गरेका छन्। आफ्ना पुत्रको निधनपछि विधवा बुहारीको बिहे गरिदिएर उदात्त भावना प्रदर्शन गरेका छन्।
एउटा परीक्षाको नतिजा प्रकाशित हुन कति समय लाग्ला? यहाँ ११ महिनामा पनि अझै परीक्षाफल प्रकाशन भएको छैन।
मुलुक ‘समाजवाद उन्मुख’ हो भने त्यसका निम्ति देशले आर्थिक उन्नति गर्नैपर्छ। आर्थिक उन्नति नगरी कसरी सबैतिर वितरण गर्न सकिन्छ ? कसरी शिक्षा र स्वास्थ्यमा सबै नागरिकलाई सहज पहुँच दिन सकिन्छ ?
विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।
जनताका छोराछोरी लोकतान्त्रिक शासन व्यवस्थाका उन्नत अभ्यासबाट अगाडि बढ्ने अपेक्षा गरिएको पनि हो । तर, यसबीच प्रकट व्यवहारले त्यस्तो सन्देश दिएका छैनन् ।
तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ।
सहरी र सुगम क्षेत्रमा सवारी ठोक्किएर र दुर्गम तथा पहाडी क्षेत्रमा भिरबाट खसेर हुने दुर्घटना अत्यन्तै बढेको छ। यस्तो भयावह अवस्थाबाट सुधार गर्न सरोकारवाला निकायको पर्याप्त ध्यान पुगेको छैन।