अंगदान महादान
मानव अंग प्रत्यारोपण केन्द्रमा एक हजार २१२ मिर्गौला प्रत्यारोपण भएका छन्। जसमा मिर्गौला दिनेचाहिँ ७२ प्रतिशत महिला छन्।
मानव अंग प्रत्यारोपण केन्द्रमा एक हजार २१२ मिर्गौला प्रत्यारोपण भएका छन्। जसमा मिर्गौला दिनेचाहिँ ७२ प्रतिशत महिला छन्।
आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्षोल्लासपूर्वक मनाइँदैछ यो दिवस।
नेपाली समाज अहिले पनि विभेदले ग्रस्त छ। धार्मिक, भूगोल, वर्ण, भाषा जस्ता आधारमा हुने विभेद कम भए पनि निमिट्यान्न हुन सकेका छैनन्।
कांग्रेसको ठाउँ प्रमुख प्रतिपक्ष रूपमा रहेको नेकपा (एमाले) उसको ठाउँमा भित्रिएको छ। नेपाली सन्दर्भमा सरकारले बेला न कुबेला कोल्टे फेरिरहनु सामान्य भएकाले आमजनतालाई यस्ता घटनाले खासै फरक पारेको देखिन्न।
बालकोटको बार्दलीबाट घोषणा भएको नयाँ सरकार तीन महिनामै फेरिन पुगेको पनि हो। प्रधानमन्त्री दाहालमा कांग्रेस प्रेम पलाएको केही महिनामै देखिएको पनि हो। त्यही प्रेमको प्रसादस्वरूप राष्ट्रपतिमा रामचन्द्र पौडेललाई पुर्याउने तारतम्य मिलेको हो।
भूपरिवेष्ठित नेपाल प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ।
पुरुषबिनाको जिन्दगीलाई अपुरै ठान्छ समाज। त्यसैले उनका लागि पनि आफ्ना पुरुषप्रधान समाजले भनेको र चाहेको मान्नु बाध्यता हो, अरू लाखौँ महिला जस्तै। त्यसैले ‘बाँझी’ को दागबाट बच्न उनलाई यस्तो बाध्यता परेको हुन्छ।
अन्त्यमा मुलुकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दायित्व पनि उत्तिकै छ। अहिलेको शासन व्यवस्थाको बदनामी पछाडि प्रमुख दलका प्रमुख नेताको हात रहेको छ।
सर्वसाधारणलाई विरोध र असन्तुष्टि प्रस्फुटनका लागि छुट्याइएको माइतीघर मण्डलाजस्तो सानो क्षेत्रलाई पनि उसले निषेधित तुल्याएर सर्वसाधारणको आक्रोशमाथि घिउ थप्ने काम गरेको छ।
हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।
हाम्रो देशमा अहिले कर्मचारीबीच यही तनाव सिर्जना गर्ने काम भएको छ। यतिखेर मन्त्री र सचिवको विवादले ३३ सहसचिव ‘बरन्डा’ मा थन्क्याइएका छन्। यो भनेको हाम्रो निजामती सेवाभित्र ठूलै गडबडीको संकेत हो।
नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिएको छ। यसले गरेको सबै भन्दा ठूलो निर्णय गठबन्धनलाई निरन्तरता दिने हो।
पाठ्यक्रमले मात्र शिक्षित, नैतिकवान, अनुशासित र कर्तव्यपरायण व्यक्ति निर्माण गर्न सक्छ। खासमा शिक्षाको मुख्य उद्देश्य पनि यही हो।
हामी कसरी विश्वले नै हरिकंगालको सूचीमा राखेका र नाकाबन्दी, बहिष्करणलगायत गतिविधिबाट एक्ल्याइएका देशभन्दा पनि पछि पर्यौँ ? कारण खोज्नुपर्ने भएको छ।
राज्यका सुरक्षा निकायमा पनि मानिसको बाँच्न पाउने अधिकारप्रतिको प्रतिवद्धता बलियो हुँदै गएको छ। अन्तर्राष्ट्रिय दृष्टि पनि यसका निम्ति परेकै छ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि दर क्रमशः ३.९ र ३.१ प्रतिशत हुने प्रक्षेपण गर्नुले पनि निर्धारित लक्ष्य लक्ष्यमै सीमित रहने पक्का भएको हो।
सचिव निजामती कर्मचारीमा मुख्य सचिवपछि दोस्रो वरियताको पद हो जसले सिंगो मन्त्रालय हाँकेको हुन्छ। यही पदमा बस्ने नै भ्रष्टाचारमा मुछिएपछि कसरी मुलुकको उन्नति हुन सक्छ?
२००७ सालपछि पनि नेपाली आकासमा कालो बादल निकै मडारिए। जनताले सोचेको सुख, समृद्धि र प्रगति त्यसपछि पनि प्राप्त भएन।
आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।
धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।
नेपालमा कुनै पनि विकास निर्माणका काम हुन् या भौतिक पूर्वाधारका, सामान्य गोष्ठीदेखि ठुल्ठूला महत्त्वाकांक्षी आयोजनासमेत लथालिंग अवस्थामा देखिन्छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘दीर्घकालीन जनयुद्ध’ को २९औं दिवस मनाएको छ।
ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।
भ्रष्टलाई राजनीतिक संयन्त्रले लुकाउने अवस्था आउँदा सर्वत्र अराजकता छाएको छ। राजनीतिमा लाग्नु नै भ्रष्टाचारमा उन्मुक्ति पाउनु हो भन्ने भइसकेको छ।