२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा उछाल, कारोबार रकम ११ महिनायताकै उच्च

सांकेतिक तस्बिर

नयाँ आर्थिक वर्षको कारोबार हुने पहिलो दिन बजार परिसूचक नेप्सेमा उछाल आएको छ। लगातार तेस्रो दिन बढ्ने क्रममा नेप्से बिहीबार ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ११.२२ अंक, फ्लोट इण्डेक्स ५.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ।  

नेप्सेमा कारोबार रकम भने ११ महिनायताकै उच्च भएको छ। बुधबार ३११ स्टकको १ लाख ४१ हजार ४३४ पटकको कारोबारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत वर्षको भदौ ११ गते नेप्सेमा साढे १८ अर्बभन्दा बढीको कारोबार भएको थियो। बुधबार १४ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको थियो ।  

बिहीबार ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इष्टर्न हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाई मूल्य भने बिहीबार सर्वाधिक ७.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढी र राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड बराबरको कारोबार भएको छ ।  

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक ५.०९ प्रतिशत, जलविद्युत, लगानी र जीवन बिमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी तथा वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रकाशित: १ श्रावण २०८२ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App