२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

मुलुकको अर्थतन्त्र ६१ खर्ब पुग्यो, १८ सूचक सकारात्मक

सरकारले चालु आर्थिक वर्ष अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको दाबी गरेको छ ।  

अर्थ मन्त्रालयले बिहीबार अर्थतन्त्रसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेको दाबी गर्दै अधिकांश सूचकहरुमा सुधार आएको बताएको हो ।  

यातायात, निर्माण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बिमा, उद्योग, खानी, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, वैज्ञानिक सेवा, आवास तथा भोजनलगायतका क्षेत्र सकारात्मक बनेको मन्त्रालयको भनाइ छ ।  

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ अर्बले र पुजीगत खर्च ३६ अर्बले बढेको मन्त्रालयको तथ्यांक छ ।  

रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । आयात पनि चालु आर्थिक वर्ष १३.१ प्रतिशतले बढेको उल्लेख गर्दै मन्त्रालयले निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको जनाएको छ ।

प्रकाशित: २६ असार २०८२ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App