२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको एक करोड योगदान

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिद्धार्थले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सो रकम सहयोग उपलब्ध गराएको हो।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज (सोमबार) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे। सो अवसरमा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्‍याइएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

साथै, उक्त रकमसमेत गरी आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

प्रकाशित: २१ पुस २०८२ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App