सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन्। सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन्। यो कुल पर्यटक आगमनको ३० दशमलव ८७ प्रतिशत हो। भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल छन्। यस्तै, श्रीलङ्काबाट आठ हजार ७१०, अमेरिकाबाट छ हजार २९३, बङ्गलादेशबाट चार हजार ४८७, बेलायतबाट तीन हजार ४७६ जना पर्यटक आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन्। युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियाना क्षेत्रबाट दुई हजार ५२९ जना आएका छन्।
यसैगरी, अमेरिकी क्षेत्रबाट सात हजार ४७३, मध्यपूर्वबाट एक हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्।
प्रकाशित: १६ भाद्र २०८३ १८:०१ मंगलबार





