रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवहरूलाई काठमाडौंमा पनि डीएनए नमुना संकलन गरी जमिनमुनि गाडेर व्यवस्थापन गर्न थालिएको छ।
शिक्षण अस्पताल (टिचिङ) को शवगृहमा ठाउँ अभाव भएपछि मंगलबार काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको हो।
यसअघि सोही स्थानमा सोमबार राति पनि ४६ वटा शव व्यवस्थापन गरिएको थियो। मंगलबार दिउँसो पनि थप केही शवहरूलाई माटोमुनि सुरक्षित रूपमा समाधिस्थ गरिएको प्रशासनले जनाएको छ।
बाढीबाट संकलन गरिएका ठूलो संख्याका शवहरू लामो समयसम्म राख्न मर्चरीको क्षमताले नभ्याएपछि र शवहरू गल्न थालेपछि सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो विधि अपनाएको हो।
भविष्यमा परिवारले पहिचान गरी धार्मिक संस्कारअनुसार अन्तिम बिदाइ गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक शवको फोरेन्सिक र डीएनए नमुना सुरक्षित राखेर मात्र जमिनमुनि व्यवस्थापन गरिएको जनाइएको छ।
हेराैं तस्बिरहरु,
सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक

















प्रकाशित: १६ भाद्र २०८३ २०:५७ मंगलबार



-600x400.jpg)

