३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

भदौ १ गतेबाट मनाङमा सार्वजनिक यातायातको नयाँ भाडादर लागु हुने

मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ। साविकको तुलनामा आधा भाडादर घटाइएको हो।

सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए।

आगामी दिनमा उक्त आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न निर्देशन दिने, सोको निरन्तर अनुगमन, मुल्याङ्कन गर्ने तथा उल्लङ्घन भएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ। साथै सडकखण्डको अवस्थामा आएको सुधार, यात्रुको भाडादरमा भएको समायोजन तथा जिल्लाको स्वीकृत जिल्ला दररेटका आधारमा ढुवानीको दरसमेतलाई समायोजन गर्ने निर्णय गरिएको छ।

प्रजिअ आचार्यले भने, 'अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकबाट भाडादर निर्धारण गरिएको छ। भाडा निर्धारण गरिएपछि स्थानीयलाई सहज हुनेछ।'

बैठकले विगतमा रु एक हजार ५०० भाडा लिने सो रुटको भाडादर हाल रु ७५० निर्धारण गरेको छ। नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागु हुनेछ।

प्रकाशित: २६ श्रावण २०८२ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App