१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

'नेपाल घुम्न आउने भारतीय पर्यटकले सुरक्षा जाँचका नाममा दु:ख नपाउन्'

लुम्बिनी र गण्डकी प्रदेशका सम्वद्ध सरोकारवाला तथा पर्यटनकर्मी । तस्बिर : अर्जुन ओली/नागरिक

लुम्बिनी र गण्डकीको पर्यटन प्रवर्द्धन गर्नमा दुबै प्रदेशका सम्वद्ध सरोकारवाला सकारात्मक बनेका छन् ।  

यसका लागि दुवै प्रदेशबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिइएको छ । गण्डाकी र लुम्बिनी प्रदेशमा भारतीय पर्यटकलाई सहज रुपमा पर्यटक भित्र्याउन सरकारले आवश्यक नीति बनाउनु पर्ने सम्वद्ध सरोकारवालाको सुझाव छ । यसका लागि पर्यटकलाई सहज रुपमा आवत–जावत गराउने वातावरण तयार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले नेपालमा आउने पर्यटक संख्याको हिसाबले भारत नै प्रमुख देश भएको बताए । ‘भारतबाट हामीले एक नम्बरमा पर्यटकहरु भित्र्याउन सफल भएका छौं, तर गुनासोहरु छ, पर्यटनहरुलाई सास्ती छ, पर्यटकहरुलाई ट्राफिक चेकिङको झण्झटिलो छ, भारतीय गाडी देख्नासाथ सयौं ठाउँमा पर्यटकहरुलई चेकिङ गरेर हैरान पार्ने कुरा छ,’ उनले भने ‘यि समस्याको समाधान गर्न हामीले आवाज नउठाएको अथवा पहल नगरेको होईन, मभन्दा अगाडीको मन्त्रीले पनि आवाज उठाउनु भयो, हामीले पनि यहाँको प्रहरी प्रमुख डिआईजीसँग बसेर यसलाई अब हामीले चेकिङको विधि फरक राख्नुपर्छ, अब समयअनुकुल चल्नुपर्छ ।’

लुम्बिनी प्रदेशको नेपालगन्ज र भैरहवाबाट पोखराका लागि सिधा हवाई उडान भए पनि दुबै प्रदेशबीच त्यति समन्वय हुन नसकेको बताए । ‘हामीले पोखराका पर्यटकलाई लुम्बिनीमा र यहाँ आएका पर्यटकलाई पोखरा पुर्याउन सकेका छैनौ,’ उनले भने ।  

भारतबाट मात्रै वार्षिक रुपमा ४-५ लाख पर्यटक नेपाल भित्रिने गरेको बताउँदै मन्त्री न्यौपानेले यसवर्ष मात्रै सरकारले १६ लाखपर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए । तर, सरकारले लक्ष्यमात्रै नराखेर पर्यटकलाई सहज रुपमा आउने वातावरण बनाउन आवश्यक रहेको बताए ।  

लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले पर्यटन प्रवद्र्धनका लागि पर्यटन मैत्री ब्यवहार गरिनुपर्ने बताइन् । यसका लागि सरकारले नै पर्यटन मैत्री नीति बनाउनु पर्ने उनको सुझाव छ ।

अन्तर प्रदेश पर्यटन प्रवद्र्धनबारे नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा नेपालगन्जमा बिहीबार आयोजित कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाले पर्यटकलाई चेकजाँचका नाममा नेपाली सुरक्षाकर्मीले गर्ने ब्यवहार राम्रो नभएको बताए ।  

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीसँग आफूहरु सहकार्य गर्न तयार रहेको बताए । पोखरा घुम्न जाने पर्यटकलाई लुम्बिनी प्रदेशका पर्यटकीय स्थलमा घुमाउने वातावरण बनाउन नाट्टा गण्डकी प्रदेश तयार रहेको प्रतिवद्धता जनाए ।  

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतबाट आउने पर्यटकमाथी चेकजाँचका नाममा प्रहरी तथा ट्राफिक प्रहरीबाट हुने दुब्र्यवहार तत्काल रोकिनुपर्ने बताए । नेपालगन्ज घुम्न आउने भारतीय पर्यटकलाई पोखरा घुम्न जाने वातावरण बनाउन आफूहरु तयार रहेको उनले प्रतिवद्धता जनाए ।  

प्रकाशित: १९ भाद्र २०८२ १९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App