२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

थप ८० मेगावाट विद्युत् निर्यातको लागि भारतको सहमति

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ। यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको छ ।  

पछिल्लो पटक साउन २६ गते भारत सरकारले  २०० मेगावाटको लागि अनुमति प्रदान गरेकोमा हिजो भदौ ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो। वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८.५ र करुवा सेती हाइड्रो पावर ३१.०४ मेगावाटका लागि हो।

प्रकाशित: ६ भाद्र २०८२ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App