२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान–इजरायल युद्धको असर : एशियाली सेयर बजारमा भारी गिरावट

इरान–इजरायलबीच युद्धले विश्व सेयर बजारमा ठूलो असर पारेको छ। बुधबार एशियाली बजारहरूमा सेयर तीव्र गिरावट देखिएको छ।

दक्षिण कोरियाको प्रमुख सूचकाङ्क कोस्पी बुधबार बिहानसम्म १२.३ प्रतिशतले ओरालो लागेको छ। मंगलबार पनि त्यहाँको सेयर ७.२ प्रतिशतले घटेको थियो। सियोल बजारमा लगानीकर्ताले व्यापक रूपमा सेयर बिक्री गरेपछि सर्किट ब्रेकर लगाउने अवस्था आएको बताइएको छ।

जापानको निक्केई पनि ४.७ प्रतिशतले घटेको छ भने ताइवानको ताइएक्स ३.९ प्रतिशतले गिरावट आएको छ। यस्तै, हङकङको हङ सेङ्ग इन्डेक्स पनि ३.१ प्रतिशतले घटेको छ।

युद्ध लम्बिएमा आपूर्ति श्रृंखला र कच्चा तेलको मूल्यमा नकारात्मक प्रभाव पर्ने चिन्ताले सेयर बजारमा दबाब परेको छ। इरान प्रमुख तेल उत्पादक राष्ट्र भएकाले होर्मुज जलडमरू अवरुद्ध हुने सम्भावनाले विश्वव्यापी महँगी बढ्न सक्ने विश्लेषकहरूले आशंका व्यक्त गरेका छन्।

छिमेकी राष्ट्र भारतमा पनि यसको प्रभाव देखिएको छ। भारतीय सेयर बिएसआइ सेन्सेक्स १,७१८.३२ अंकले घटेर ७८,५२० विन्दुमा कारोबार भइरहेको छ भने निफ्टी ५१२ अंकले घटेर २४,३५२ विन्दुमा झरेको छ।

नेपालमा भने सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनगर गर्दै तीन दिन बिदा दिएकाले आज शेयर बजार बन्द रहेको छ। एजेन्सी

प्रकाशित: २० फाल्गुन २०८२ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App