१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

महिला लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यू रोड र संकटा भिड्दै

सहिद स्मारक ममेरियल एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ। बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा न्यू रोड टिम एनआरटी र संकटा क्लब एफसीबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान ११ बजे ललितपुरमा रहेको च्यासल फुटबल मैदानमा हुनेछ।

सोही दिन दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीको सामना गर्नेछ। उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। एन्फाका अनुसार प्रतियोगिताको सबै खेल च्यासल मैदानमा हुनेछ।

प्रतियोगिता आगामी चैत ४ देखि सुरु भएर वैशाख १२ गतेसम्म चल्नेछ। सिंगल राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा कूल १० टोलीले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App