२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मतदानको दिन कस्तो रहला मौसम ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। 

पानी पर्ने प्रणाली सक्रिय नभएकाले भोलि (बिहीबार) देशभर कतै पानी पर्ने सम्भावना नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पानी नपरे पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भेगको मौसम घाम लाग्दै बादल लाग्नेछ। अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ।  

आज (बुधबार) र पर्सि (शुक्रबार) भने देशका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले नागरिकलाई जानकारी दिए।  

प्रकाशित: २० फाल्गुन २०८२ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App