अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा निर्माण गरिएको ७ तले घरमा डोजर चलाइएको छ।
सरकारले अतिक्रमित संरचना हटाउने प्रक्रिया सुरु गरेसँगै उक्त भवनमा पनि डोजर चलेको हो। सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको उल्लेख्य उपस्थिति रहेको छ। यसअघि भवनभित्र रहेका सामनहरू निकालेर खाली गरिएको थियो।
उक्त घरमा रेष्टुरेन्ट, बार, स्पा लगायत विभिन्न व्यवसाय सञ्चालनमा रहेका थिए। यो क्षेत्रमा रहेका अन्य घरहरू भने यसअघि नै भत्काइएको छ।
प्रकाशित: २० वैशाख २०८३ १२:०६ आइतबार





