स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधवार को तुलनामा बिहीबार नौ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
यस्तै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।
प्रकाशित: २ आश्विन २०८२ ११:१३ बिहीबार





