अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका २ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही रु १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध रु एक लाख बिगो माग गरेको छ।
उनीहरुले मिलेमतोमा सरकारीरसार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ रु १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ। उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ।
प्रकाशित: १२ कार्तिक २०८३ १७:३८ बिहीबार





