१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्काइवर्थको ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किम

स्काइवर्थले ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किमका साथ क्युएलइडी प्लस गुगल टिभी बजारमा आएको छ।

हाइ एन्ड ग्लोबल टिभी ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफथिङ्स (एआइओटी) को पायोनियर स्काइवर्थको उक्त टिभी केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले बजारमा ल्याएको हो। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ।

गुगल टिभीको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभीको पिक्चर क्वालिटी उत्कृष्ट भएको कम्पनीको दाबी छ। यसका साथै गुगलले आफ्नो एन्ड्रोइड टिभी एक्सपिरियन्स रिफाइन गरेको हुँदा उपभोक्ताहरूले आफ्नो टिभी पनि पर्सनलाइज गर्न सक्ने भएको जनाएको छ। जसमा दर्शकले आफ्नो भ्युइङ ह्याबिट र इन्टरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन गर्न पाउने कम्पनीले जनाएको छ। यसको नयाँँ जेनेरसनको इको क्युएलइडी क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सही तरिकाले मिलाउने लगायतका विभिन्न सुविधासहित टिभी बजारमा आएको कम्पनीले जनाएको छ।  

प्रकाशित: १ मंसिर २०७९ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App