४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘चेरी चाडपर्व अफर’ सार्वजनिक

चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ। दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको उक्त अफर चेरीको सबै प्रो–सिरिज टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रोमा लागू हुने भएको हो। कम्पनीका अनुसार चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार ५ लाख ८९ हजार ८ सय रूपैयाँसम्मको फाइदा लिन सक्ने तथा आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा र सडक दस्तुर छुट पाउने भएका छन् ।

त्यसैगरी उक्त कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध भएको जनाउँदै कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधा समेत पाउने कम्पनीले जनाएको छ।  

प्रकाशित: २८ भाद्र २०७९ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App