coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषको २७ औं वार्षिक साधारण सभा सम्पन्न

नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ।  

सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।  

त्यसैगरी सभामा आब २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ।  

अध्यक्ष प्राडा थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा राखेका छन्।  

उनले कोषले संकलन गरेको बचत रकम राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी र पुँजीबजार विकास गर्न लगानी विविधिकरण गरेर प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरू सिर्जना गर्ने बारेमा जोड दिए। साथै उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।  

प्रकाशित: ७ भाद्र २०७९ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App