८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लगानी कोषद्वारा ब्याजदर परिवर्तन

नागरिक लगानी कोषले साउन १ गते देखि लागु हुने सहभागीहरूलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ।

कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ।

कोषले साउन १ देखि लागु हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको हो।

कोषले विमातर्फका सबै कार्यक्रमहरूमा वार्षिक ७ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ। कोषले बिमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्य गर्दै आएको छ।

राष्ट्र सेवक कर्मचारीहरूबाट आगमी वर्षको लागि आवश्यक पर्ने बिमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बिमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको जनाएको छ। 

प्रकाशित: १ श्रावण २०७९ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App